नयाँ वर्ष भन्दा वित्तिकै मनमा स्वतस्फूर्त छुट्टै किसिमको उमंग पलाएर आउँछ । तर, गत वर्षदेखि भने नयाँ वर्ष नयाँ जस्तो लाग्न छाडेको छ। पछिल्लो समय विश्वभर क्षति पुर्याइरहेको कोरोना भाइरसले २०७७ सालको नयाँ वर्ष लकडाउनमा घरमै बस्नुपर्ने बाध्यता आइपर्यो । यसवर्षपनि कोरोनाको माहामारी बढ्दो क्रममा नै छ ।
अघिल्लो वर्ष झण्डै ६ महिना कडा लकडाउन भयो । सोही अवधिमा कैँयौ मानिसको मृत्यु भयो त कैँयौ कोरोना भाइरससँग जुधिरहे। पछि लकडाउन हटेपनि कोरोनाको जोखिम भने उत्तिकै रहिरह्यो । विश्वभर हालसम्म करिब ३० लाख मानिसले ज्यान गुमाइसकेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनले दिइसकेको छ ।
२०७७ साल समग्रमा हरेक क्षेत्रका मानिसको लागि जोखिमपूर्ण हुनुका साथै हानिकारक नै रह्यो । जसको कारण सामाजिक, आर्थिक, पर्यटकीय तथा शैक्षिक क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो ।
कोरोनाको असर केही महिना हल्का साम्य देखिएता पनि पछिल्लो केही हप्तादेखि भने फेरि विश्वभर फैलिरहेको छ । सोअनुसार दोस्रो कोरोनाकालको असर तीव्र रुपमा बढ्दै गइरहेको विभिन्न सञ्चार माध्यमले जानकारी दिएका छन् ।
नयाँ वर्षको पहिलो दिनमा जे गरिन्छ, वर्षभरि त्यहि हुन्छ भन्ने पुरानो चलन पनि छ । आशा छ, २०७८ साल हरेक क्षेत्रका लागि सफल र फलदायी वर्ष घोषित हुने छ ।
अघिल्लो वर्ष हरेक व्यक्तिको लागि जसरी दुखद् स्मरणीय बन्न पुग्यो त्यसैगरि यो वर्षले अघिल्लो वर्षको सम्पूर्ण समस्या र महामारीलाई काटेर सम्झन लायक बन्नेछ भन्ने आशा लागेको पनि छ ।
जसरी विगतका वर्षहरुका नयाँ वर्ष भन्ने वित्तिकै मनमा छुट्टै किसिमको उमङ्ग भरिएर आउँथ्यो, त्यसैगरि अर्को वर्ष २०७९का.े वैशाख १ गते खुसी भएर नयाँ वर्ष मनाउन पाइन्छ भन्ने पनि लागिरहेको छ ।
तर जतिनै वर्ष फेरिए पनि बाल्यकालको जस्तो हर्ष र उमङ्ग भने महसुस गर्न नसकिने रहेछ । अहिले सम्झन्छु, त्यो बाल्यकालको नयाँ वर्ष कति रमाइलो थियो । आहा ।
नयाँ वर्ष आउनु केहिदिन अगाडी मात्रै नयाँ पात्रो हातमा पर्थो। पात्रोमा सबैभन्दा पहिले हेरिने चिज हुन्थ्यो, जन्मदिन । हामी सबैजना आफ्नो जन्मदिन के बार परेको छ, भन्ने हेर्न हतार गर्दथ्र्यौ । विशेषत, मेरो जन्मदिन खास लाग्थ्यो मलाई सायद, महिनाको मसान्तमा भएर पनि होला । पात्रोमा ३१ गते नभए के गर्ने होला, भन्ने सोचेर डराउँदै पात्रो पल्टाउँथे तर, ३१ गते सधैँ हुन्थ्यो अनि खुसीले बुरुक्क उफ्रिन्थँे ।
तर, अहिले नयाँ पात्रोको लागि नयाँँ साल कुर्नै पर्दैन । ३ महिना अगाडि देखिनै पात्रो बजारमा उपलब्ध हुन्छ । अझ अहिलेको डिजिटल युगमा पात्रो पनि कुरिराख्नु नपर्ने भैसकेको छ । अनि कहाँबाट आउँछ बाल्यकालको जस्तो उमंग ।
नयाँ वर्षको दिनमा संक्रान्ति हेर्ने चलन पनि रहेको छ। गोजी पात्रोमा स्पष्ट रुपमा राशीको नक्षत्र अनुसार संक्रान्ति उल्लेख गरिएको हुन्थ्यो । नक्षत्र अनुसार कसैलाई दायाँ हात, कसैलाई बायाँ हात, खुट्टा हृदय र शिर लगायतका ठाउँमा संक्रान्ति पर्दछ । जस्को फल कसैलाई फाइदाजनक त कसैलाई हानिकारक हुन्छ । सोही अनुसार, पूजाविधि गर्ने, मह दल्ने र मह खाने पुरानो चलन पनि हो ।
नयाँ वर्षको दिनमा मह चाट्नु पर्छ भन्ने पूर्खा देखिनै चल्दै आएको चलन पनि हो । महको लागि हाम्रो घरमा माहुरीको घार थियो । घरमा हाम्रो बाले संक्रान्तिको अघिल्लो राती मह काड्नु हुन्थ्यो । हामी खुसी हुँदै रमाउँदै त्यो दृश्य नियाल्ने गर्दथ्यौ। अनि भोलिपल्ट बिहानै गाउँभरिका मान्छे हाम्रो घरका मह लैजान आउँथे । सबैलाई थोरै थोरै मह बाढेर पठाइन्थ्यो । सबैले मह चाटेर, मह जस्तै गुलियो नयाँ वर्ष होस् भनेर कामना गर्दथे।
तर, अहिले कहाँ जानु मह काढ्न अनि कहाँ खोज्नु त्यो खुसी । अलिकति बचेको खुसीपनि कोरोनाले तहसनहन पार्न थालिसकेको छ ।
त्यहि बाल्यकाल सम्झेर बिहानै नुहाईधुवाई गरेर मह चाटेर यो नयाँवर्ष मह जस्तै गुलियो होस् भन्ने कामना गरेकी छु । आशा छ, अघिल्लो वर्ष जस्तो रुनु पर्ने छैन, आफ्नाले धोका दिने छैनन् , आफ्ले पनि कहिल्यै हार मान्न पर्ने छैन, हरेक दुख सुखमा अगाडि बढ्ने हिम्मत मिल्ने छ । पराई भएका आफ्ना हुनेछन ्। एकअर्कामा मित्रता बढ्नेछ ।
यो वर्ष मेरो लगायत पाठक सम्पूर्णको शुभ बितोस् ।
नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
The King Casino Resort - Hertzaman
ReplyDeleteFind the perfect place novcasino to herzamanindir.com/ stay, play, and unwind at deccasino Harrah's Resort Southern febcasino California. casino-roll.com Get your points now!