काठमाडौँको ठमेलस्थित केशरमहलमा अवस्थित स्वप्न वगैँचामा पछिल्लोसमय मानिसहरुको भिड लाग्ने गरेको देख्न सकिन्छ।
काठमाडौँको धुलो धुँवा बाट आजित भएर स्वच्छ हावा लिने ठाउँको रुपमा स्वप्न वगैँचा परिचित हुन थालेको छ ।
बगैँचा निर्माण गर्दा सदन, झरना, पोखरी र युरोपियन शैलीबाट प्रभावित बरण्डा, परगोला र चराहरु बस्ने गँड समेत समावेश गरिएको छ । वगैँचा भित्रका फूल, बुट्यान तथा रुखहरु को संयोजन र सदनहरुको वास्तुकलाले पनि छुट्टै सुन्दरता प्रदान गरिरहेको देख्न सकिन्छ।
प्रकृति र सूर्यबाट लाभ उठाउनको निम्ति राजाले वगैँचा बनाएको इतिहासमा उल्लेख गरिएको छ । प्रत्येक सदन अगाडि त्यहि रितु अनुसारका बोटविरुवा तथा फलफुल राजाले लगाउने गर्नाले रितुको आगमन भएको महसुस गर्ने गरेको भनाई उल्लेख भएको पाइन्छ।
जाडोमा घाम ताप्न, गर्मीमा शितलता लिन, पढ्न र पारिवारिक भेटघाट तथा आराम गर्न पनि मानिसहरु आउँछन् ।
Comments
Post a Comment