Skip to main content

Posts

Showing posts with the label गजल

जति रिसाउनु छ

ज ति रिसाउनु छ, रिसाउ माया तक्दिरले लेखेसम्म  तर, म त हाँसिरहन्छु तागतले सकेसम्म  जाउ बनाउ जिन्दगी असल तिम्रो  कुरा काट्नेहरु काटिरहन्छन्, केकेसम्म खुट्टा तान्नेहरु धेरै छन्, यहाँ विश्वास नगर्नु हेर आफ्नै आँखाले नदेखेसम्म  देबाटोको बटुवा बनाई छाडेपनि मलाई  तिम्रोपछि लाग्नेछैन सासले जिउँदो राखेसम्म पुग्यो मलाई पुग्यो यो स्वार्थी संसारदेखि  बाँच्नु अब यति नै हो, जुनले घामलाई नछेकेसम्म