Skip to main content

Posts

Showing posts with the label मुक्तक

यो धर्तीमा छदैँ

खु शी हुनु जिन्दगीमा बढ्नु अघि हुँदै रमाएको देख्न पाउँ यो धर्तीमा छदैँ दुरी टाढा भएपनी तिम्रो अनि मेरो बोल्ने गर्नु बिचबाटोमा भेट हुँदा सधैँ

तिम्रै यादमा मुटु

ति म्रै यादमा मुटु,जलिरहेको छ  हेर्न सक्छौ आगो,बलिरहेको छ  याद गर्छु,तिमीसँग बिताएका पलहरु, र त,जिन्दगी चलिरहेको छ ।

एकोहोरो माया लाउनुको के अर्थ

ए कोहोरो माया लाउनुको के अर्थ  म मात्र भेट्न आउनुको के अर्थ  जब, भेट हुनै मन छैन भने तिम्लाई कोशौ टाढाबाट धाउनुको के अर्थ 

जब सहाराको खाँचो थियो

ब स्ने बासै थिएन,टहराको खाँचो थियो  भोकभोकै सडकमा थिए,आहाराको खाँचो थियो लड्दै थिएँ आफ्नै परिस्थितिसँग  मुन्टो बटार्यौ,जब सहाराको खाँचो थियो।

तिम्लाई नै माग्दै छ यो मन

फि का फिका लाग्दै छ यो मन बसमा छैन टाढा भाग्दै छ यो मन परिस्थिति साथमा नहुँदापनी  दुनियाँ बिरुद्ध तिम्लाई नै माग्दै छ यो मन ।

हिड्दाहिड्दै हात छोडेर घात गर्यौ

हि ड्दाहिड्दै हात छोडेर घात गर्यौ म प्रतिको बिस्वास तोडेर घात गर्यौ  आखिर खेल खेल्नु रैछ म सँग विनासित्ती नाता जोडेर घात गर्यौ ।।

बेबारिसे थियो लास

 बे बारिसे थियो लास गरिबको, गाडीले किच्दापनि अनेक पोज दिइरहन्थे म, तिम्ले फोटा खिच्दापनि  नसोध अब, कसरी बितिरहेछन् दिनहरु  पत्तै आउँदिन जाडो भएको, आँशुले सिरानी भिज्दापनी ।।

थाहा छैन जिन्दगीमा

था हा छैन जिन्दगीमा, बाँचिन्छ कहिलेसम्म तिमी उता छौ म यता, माया साँचिन्छ कहिलेसम्म शब्दै पिच्छे रिस अनि देखाउछौ नखरा यसरी त भविस्यमा, हाँसिन्छ कहिलेसम्म ?

भन्थ्यौ पहिले

भ न्थ्यौ पहिले शितल दिन्छु छायाँ बनेर  काटौँला जीवन एकअर्काको माया बनेर  आजभोलि पाइला तिम्ले अन्तै मोडे जस्तै लाग्छ आश मात्रै भो सँगै हिड्ने तिमी दायाँ म बायाँ बनेर ।