Skip to main content

Posts

Showing posts with the label opinion

फेरियो नयाँ वर्षको उमंग

नयाँ वर्ष भन्दा वित्तिकै मनमा स्वतस्फूर्त छुट्टै किसिमको उमंग पलाएर आउँछ । तर, गत वर्षदेखि भने नयाँ वर्ष नयाँ जस्तो लाग्न छाडेको छ। पछिल्लो समय विश्वभर क्षति पुर्याइरहेको कोरोना भाइरसले २०७७ सालको नयाँ वर्ष लकडाउनमा घरमै बस्नुपर्ने बाध्यता आइपर्यो । यसवर्षपनि कोरोनाको माहामारी बढ्दो क्रममा नै छ ।  अघिल्लो वर्ष झण्डै ६ महिना कडा लकडाउन भयो । सोही अवधिमा कैँयौ मानिसको मृत्यु भयो त कैँयौ कोरोना भाइरससँग जुधिरहे। पछि लकडाउन हटेपनि कोरोनाको जोखिम भने उत्तिकै रहिरह्यो । विश्वभर हालसम्म करिब ३० लाख मानिसले ज्यान गुमाइसकेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनले दिइसकेको छ ।  २०७७ साल समग्रमा हरेक क्षेत्रका मानिसको लागि जोखिमपूर्ण हुनुका साथै हानिकारक नै रह्यो । जसको कारण सामाजिक, आर्थिक, पर्यटकीय तथा शैक्षिक क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो ।  कोरोनाको असर केही महिना हल्का साम्य देखिएता पनि पछिल्लो केही हप्तादेखि भने फेरि विश्वभर फैलिरहेको छ । सोअनुसार दोस्रो कोरोनाकालको असर तीव्र रुपमा बढ्दै गइरहेको विभिन्न सञ्चार माध्यमले जानकारी दिएका छन् ।  नयाँ वर्षको पहिलो दिनमा जे गरिन्छ, वर्षभरि त्यहि हुन