Skip to main content

Posts

थाहा छैन जिन्दगीमा

था हा छैन जिन्दगीमा, बाँचिन्छ कहिलेसम्म तिमी उता छौ म यता, माया साँचिन्छ कहिलेसम्म शब्दै पिच्छे रिस अनि देखाउछौ नखरा यसरी त भविस्यमा, हाँसिन्छ कहिलेसम्म ?

जति रिसाउनु छ

ज ति रिसाउनु छ, रिसाउ माया तक्दिरले लेखेसम्म  तर, म त हाँसिरहन्छु तागतले सकेसम्म  जाउ बनाउ जिन्दगी असल तिम्रो  कुरा काट्नेहरु काटिरहन्छन्, केकेसम्म खुट्टा तान्नेहरु धेरै छन्, यहाँ विश्वास नगर्नु हेर आफ्नै आँखाले नदेखेसम्म  देबाटोको बटुवा बनाई छाडेपनि मलाई  तिम्रोपछि लाग्नेछैन सासले जिउँदो राखेसम्म पुग्यो मलाई पुग्यो यो स्वार्थी संसारदेखि  बाँच्नु अब यति नै हो, जुनले घामलाई नछेकेसम्म 

भन्थ्यौ पहिले

भ न्थ्यौ पहिले शितल दिन्छु छायाँ बनेर  काटौँला जीवन एकअर्काको माया बनेर  आजभोलि पाइला तिम्ले अन्तै मोडे जस्तै लाग्छ आश मात्रै भो सँगै हिड्ने तिमी दायाँ म बायाँ बनेर ।